२४ भदौ २०८३, बुधबार | September 9, 2026

सहमति, सहकार्य र एकता आजको आवश्यकता : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनले आज राजधानीको शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एकताको बलमा पञ्चायत र राजा फाल्यौं र संविधान बनायौं ।’

एकताको अनुभव हालै सम्पन्न राष्ट्रियसभा र बारको निर्वाचनमा गरेको समेत उनले बताए ।

उनले अहिले देशमा दुई वटा गठबन्धन रहेको बताए । नेकपा एमालेको नेतृत्वमा संविधान विरोध गठबन्धन र पाँच दलीय प्रगतिशितल गठबन्धन रहेको उनले जनाए । कुन गठबन्धन सही र गलत भन्ने स्थानीय निर्वाचनले निक्र्योल गर्ने उनले बताए ।

प्रचण्डले केपी ओलीलाई ठुलो संघर्षका रुपमा नायकका रुपमा लगेको भएपनि एकता गरेको दुई हप्ता नपुग्दै धोका जालझेल, षडयन्त्र र धोकाबाहेक केही नदेखिएको बताए ।

प्रचण्डले आफु अलि बढी नै सोझो, धेरै लचिलो र त्यागी रहेको भन्दै आफुलाई गहिरो गरी हेर्न सुझाव दिए । उनले मतदाताहरूलाई गठबन्धनका उम्मेदवारका चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै हँसिया हथौडा, रुख र कलमलाई सहज रुपमा लिन आग्रह गरे ।

हँसिया हथौडा र चारतारे झण्डा सँगै नफहराएको भए संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नहुने भन्दै अब पनि रुख वालाले हँसिया हथौडा र हँसिया हथौडा वालाले रुखमा छाप हान्नै पर्ने बताए । उनले यो नै लोकतन्त्र, प्रगतिको हितमा हुने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ०० बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका