३० बैशाख २०८३, बुधबार | May 13, 2026

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुल्यो



चितवन । अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो । शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको थियो ।

त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका थिए । तर, बिहान ४:४८ बजे फेरि पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै दुवैतर्फ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ०८ बजे

प्रधानमन्त्री बालेन्द्रको राजीनामा माग गर्दै संसद अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

पोखरा। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा