२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बुटवलमा गठबन्धन र एमाले चुनावीसभाको प्रतिस्पर्धा : को भन्दा को कम् ! (फोटो फिचर)



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ, हेर्न आउनु भनेकै भोलिपल्ट एमालेले गरेको चुनावी सभामा गठबन्धनको सभामा भन्दा भण्डै २ गुणा उपस्थिती गराएर एमालेले गठबन्धनलाई जवाफ फर्काएको छ । १ लाख बढीको उपस्थिती गराउने तयारी गरेको एमालेले समयमा सभा सुरु गर्न नसक्दा सभामा आएका एक तिहाई समर्थकहरु गर्मी सहन नसकेर फर्केका थिए । एमालेले आज ११ बजे सभा गर्ने भनेपनि अध्यक्ष केपी ओलीले सम्बोधन गर्दा ३ बजेको थियो ।

युवाहरुको उत्साहजनक उपस्थिती रहेको सभामा ओलीको उपस्थिती अगाडी जनसांस्कृतिक महासंघका कलाकारहरुले चुनावी गीत गाएर जनता भुलाउने काम गरेपनि अत्याधिक गर्मीका कारण सभास्थलमा रोकिन समर्थकहरुलाई हम्मेहम्मे परेको थियो ।

आमसभामा बोल्ने अधिकाँस वक्ताहरुले कांग्रेसलाई नै लक्षित गर्दै प्रहार केन्द्रीत गरेका थिए । उनिहरुले प्रजातन्त्र प्राप्तिपछिको सबै भन्दा बढी समय कांग्रेसले सरकार चलाएको तर देशले गति लिनुको साटो पछि पर्दै गएको टिप्पणी गरेका थिए । कांग्रेसको सरकारका पालामा बेचिएका उद्योग कलकारखानाहरु वक्ताहरुको प्रमुख विषय बनेको थियो ।

सभामा बोल्ने पार्टीका केन्द्रीय नेता घनश्याम भुसाल देखि अध्यक्ष केपी ओलीको निशाना कांग्रेस तिरै सोझिएको थियो । सभामा उपस्थित एमालेका कार्यकर्ताहरुभने निकै उत्साहित देखिएका थिए । हरेक गीतहरुमा सयौंको संख्यामा नाचेर कलाकारहरुलाई साथ दिईरहँदा सभाको माहौल रोमाञ्चित बनेको थियो । लामो समयसम्म उपस्थित समर्थकहरुले कुर्नपरेपछि पूर्व निर्धारित कार्यक्रमलाई सच्याउँदै धेरै वक्ताहरुको नाम लिष्टबाट हटाइएको एमालेले जनाएको छ ।

सभाका आकर्षण एमाले उपाध्यक्ष विष्णु पौडेलले आफुले सभालाई सम्बोधन नगरेर १६ वटै पालिकाका उम्मेदवारहरुलाई खादा र माला लगाईदिएर शुभकामना मात्र दिए । पौडेल आफु नबोलेपनि एमाले अध्यक्ष ओलीले विष्णु पौडेलको जिल्लामा एमालेले बजेटको कमी हुन नदिने बताएर पौडेलको उँचाई बढाईदिएका थिए । पौडेलले सभामा नबोलेपनि सभा सकिए लगत्तै पौडेलकै अगुवाईमा सभास्थलको सरसफाई गरिएको थियो । पौडेलले सभामा भएको फोहर टिप्न आफै तम्सिएपछि एमाले कार्यकर्ताहरु पनि फोहर टिप्न जुटेका थिए ।

अघिल्लोपटक एमाले कार्यकर्ताहरुलाई साइबर स्यालको संज्ञा दिएका एमाले नेता घनश्याम भुसालले यसपटकको भाषणमा भने कांग्रेसको कमजोरीहरुमात्र खाटलेर चित्त बुझाएका थिए । एमालेको अन्तरबिरोधका विषयमा भने उनले कुनै उच्चारण समेत गरेनन् ।

फोटो : स्वस्तिक श्रेष्ठ

 

 

 

 

 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५३ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया