२८ असार २०८३, आइतबार | July 12, 2026

कांग्रेसमाथि आरोप लगाएका ओलीविरुद्ध कांग्रेसको ७ आरोप



काठमाडौं । स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् ।

सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन एमाले र विशेष गरि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

चुनावी सभामा ओलीले गठबन्धनको चर्को आलोचना गरिरहँदा गठबन्धन दलका नेताहरुले एमालेविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

यसैबीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना दलले गरेका कामहरुको प्रचार गर्दै ओली नेतृत्वको सरकारको आलोचना गरेको छ । ६७ बुँदे अपीलमार्फत एमालेले कांग्रेसमाथि दर्जनौँ आरोप लगाएर मतदाता रिझाउने प्रयास गरिरहँदा कांग्रेसले पनि ओलीविरुद्ध यस्तै आरोप लगाएको छ । कांग्रेसले सञ्चारमाध्यमरुलाई इमेलमार्फत ओली सरकारका पालमा भएका नराम्रा कामहरुको सूची पठाएको हो ।

नेपाली कांग्रेसले एमालेमाथि सेक्युरिटी प्रेस खरिद, पूर्व तयारी नहुँदै ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण २५ करोडको सामानलाई सबा अर्ब, कांग्रेसले जितेका नगरपालिका सुशासनमा अब्बल, एमालेले जितेका कमजोर, ओली सरकारका पालामा भ्रष्टाचार उत्कर्षमा, ट्रान्स्परेन्सीले भन्यो अनुसन्धान नहुँदै सहकर्मीलाई सफाई दिन थालियो, गुठीमा ओली सरकारको हस्तक्षेप, संसद विघटन लगायतको आरोप लगाएको हो ।

कांग्रेसले आफ्नो सरकारले गरेका काम भन्दै मेलम्ची खानेपानी, नेपाल भारत विद्युत व्यापार, कांग्रेसको आर्थिक उदारीकरणले बैंक तथा वित्तीय संस्थाको संख्या र पहुँचमा वृद्धि भएको लगायत काम भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : १० बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै