१९ बैशाख २०८३, शनिबार | May 2, 2026

माओवादी र गठबन्धनका उम्मेदवारलाई भोट दिन मतदातालाई प्रचण्डको अपिल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा लिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज एक अपिल जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र सिंहदरबारको अधिकार जनताको घरदैलोमा स्थापित गराउनका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन्।

प्रचण्डले अपिलमा भनेका छन्, ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्त्य । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’

प्रचण्डले अग्रमगन र प्रतिगमनको लडाईंमा सहभागी भै हँसिया हथौथामा माओवादी र गठबन्धनका उम्मेदवार उनीहरुको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्’ अपिलमा भनिएको छ, ‘त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा,स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ।’ उनले अपिलमा भनेका छन् ।

 

 

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : १० बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन