१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

माओवादी र गठबन्धनका उम्मेदवारलाई भोट दिन मतदातालाई प्रचण्डको अपिल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा लिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज एक अपिल जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र सिंहदरबारको अधिकार जनताको घरदैलोमा स्थापित गराउनका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन्।

प्रचण्डले अपिलमा भनेका छन्, ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्त्य । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’

प्रचण्डले अग्रमगन र प्रतिगमनको लडाईंमा सहभागी भै हँसिया हथौथामा माओवादी र गठबन्धनका उम्मेदवार उनीहरुको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्’ अपिलमा भनिएको छ, ‘त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा,स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ।’ उनले अपिलमा भनेका छन् ।

 

 

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : १० बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर