१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘स्थानीय तह निर्वाचनपछि देशमा विकासको गति बढ्छ’



डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गरे । स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उनको भनाइ थियो ।

मन्त्री आलेले भने, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ ।”

गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत उनले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ५५ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।