१७ माघ २०८२, शनिबार | January 31, 2026

जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने



जुम्ला । जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगि सक्नेछन् ।

मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ हिडिसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी पिन मतदान स्थलतिर निस्केका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सबै टोली निर्धारित स्थलतर्फ लागि सकेको र तिलाको ताम्ति क्षेत्रमा पनि टोली जाने तयारी भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाको सबै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरिएको छ ।

कनकासुन्दरीको टोली मतदान सामग्री बुझेर पनि मतदान केन्द्रतिर लागि सकेको छ । सबै पालिकाका मतदान अधिकृतहरूको टोली सबै सामग्री बुझेर मंगलबारै सम्बन्धित ठाउँमा पुग्ने छन् ।

जुम्लामा एक सय मतदान केन्द्रमा दुई सय चार जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित चार सय ९६ कर्मचारी खटिएका छन् । यस्तै, एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ११ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले