७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवल वडा नं १३ मा एमालेको र्‍याली : जितको नजिक पुगेको जिल्ला नेताहरुको दाबी



बुटवल । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज बुटवल उपमहानगरपालिका— १३ मा र्याली निकालेको छ । आफ्ना उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गर्दै बुटवलको जितगढीदेखि र्याली निकालिएको हो ।

र्यालीले झोलुङ्गेपुल, बेलवास, नयागाउँ, बोहोरा कलौनी, पहेलो भित्ता, सुन्तली चोक, सालघारी, बदेँलपोखरी लगायत वडाका विभिन्न स्थान हुँदै पितृथानमा पगेर समापन भएको एमाले जिल्ला कमिटी सदस्य जमुना सुवेदीले जानकारी दिईन् । र्यालीलाई वडाका एमाले समर्थक स्थानीयले चोकचोकमा स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।

र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बुटवलको विकासका लागि एमाले नेतृत्वको विकल्प नभएको बताए । उनले बुटवलमा सञ्चालित योजनालाई पूर्णता दिन र नयाँ योजना शुरु गरेर यो क्षेत्रको मुहार फेर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । “गठबन्धनका उम्मेदवारसँग विकासको कुनै भिजन छैन, तयसैले एमाले उम्मेदवारका पक्षमा मदतान गरौँ”, अध्यक्ष केसीले भने ।

एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउँदै उहाँले १६ वटै स्थानीय तहमा विजयीको नजिक पुगेको पनि उदले दाबी गरे । “हामी जितको नजिक पुग्न थालेपछि गठबन्धन दल आत्तिएका छन् यीनीहरुले हाम्रो उम्मेदवारमाथि आक्रमण उत्रिएका छन् । त्यसैले हामी सुरक्षित भएर हामी अगाडि बढ्नुपर्छ”, ।

एमाले सबै जाती वर्ग, भाषभाषीलाई सम्मन गर्ने पार्टी भएको जनाउँदै उनले संबिधानले प्रदान गरेको अधिकार प्रयोग गरेर शान्तीपूर्ण ढंगले निर्वाचनमा लागेको बताए । “हामी परिवर्तनका संवाहक हौँ, गलत कामका विरुद्ध हामी सचेत छौँ, आस्थाका आधारमा विभेद गर्दैनौ”, केसीले भने ।

एमाले नेता कुमार थापाले समृद्ध बुटवलको चाहना पूरा गर्न एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : १० बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ