१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरुसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।

मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् ।

‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, ‘परिवार दलको साँचोदेखि सीके राउतको लाउडस्पिकर, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म चारै तिरबाट सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ ।’

उनले काठमाडौंका मतदाताले एमालेलाई प्रश्न गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : २९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर