१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्पेशल प्रोटेक्सन गार्डका ३० कमाण्डोसहित भारतीय वायु सेनाको विमान भैरहवामा अवतरण



लुम्बिनी। भारतीय वायु सेनाको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सुरक्षामा खटिने (स्पेशल प्रोटेक्सन गार्ड –एसपीजी)का कमाण्डो लिएर वायु सेनाको इलुसियन विमान आईसी–७६ विमान आज भैरहवास्थित नयाँ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीको दिन लुम्बिनी आउने कार्यक्रम रहेको छ ।
उनको सुरक्षा प्रबन्धको लागि केही दिनअघि देखि नै भारतीय सुरक्षा अधिकारीहरु, गुप्तचरहरु सहित भारतीय दूतावासका कर्मचारीहरुको लुम्बिनी र आसपाको क्षेत्रमा बाक्लै ओहोरदोहोर चलिरहेको छ ।
एसपीजीले भारतका राष्ट्रपति प्रधानमन्त्री लगायतका भीभीआईपीहरुको विशेष सुरक्षा गर्ने गर्छ । भीभीआईपीका लागि आवश्यक सवारी साधन, संचार उपकरण र अन्य बन्दोबस्तीका सामग्री लिएर एसपीजीका अधिकारीहरु चार दिन पहिले नै लुम्बिनी आएका हुन् ।

नयाँ दिल्ली हुँदै आएको विमानमा एसपीजीका ३० सदस्यहरु रहेका छन् । उनीहरुलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरुले स्वागत गरेका थिए । यो विमानस्थलमा कुनै पनि अन्तराष्ट्रिय उडान भएको पहिलो पटक हो । जेठ २ गते देखि नै जजिरा एयरले यहाँ नियमित उडान सुरु गर्दैछ ।

विमानस्थल प्रवेशका लागि भारतले गोरखपुर र महेन्द्रनगरको रुट अहिलेसम्म दिएको छैन । सोही कारण भारतीय वायु सेवाको यो विमान पनि काठमाडौं विमानस्थलमा आएर त्यहाँ अवतरण नगरी भैरहवा फर्किएको अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : २० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना