१९ बैशाख २०८३, शनिबार | May 3, 2026

स्पेशल प्रोटेक्सन गार्डका ३० कमाण्डोसहित भारतीय वायु सेनाको विमान भैरहवामा अवतरण



लुम्बिनी। भारतीय वायु सेनाको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सुरक्षामा खटिने (स्पेशल प्रोटेक्सन गार्ड –एसपीजी)का कमाण्डो लिएर वायु सेनाको इलुसियन विमान आईसी–७६ विमान आज भैरहवास्थित नयाँ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीको दिन लुम्बिनी आउने कार्यक्रम रहेको छ ।
उनको सुरक्षा प्रबन्धको लागि केही दिनअघि देखि नै भारतीय सुरक्षा अधिकारीहरु, गुप्तचरहरु सहित भारतीय दूतावासका कर्मचारीहरुको लुम्बिनी र आसपाको क्षेत्रमा बाक्लै ओहोरदोहोर चलिरहेको छ ।
एसपीजीले भारतका राष्ट्रपति प्रधानमन्त्री लगायतका भीभीआईपीहरुको विशेष सुरक्षा गर्ने गर्छ । भीभीआईपीका लागि आवश्यक सवारी साधन, संचार उपकरण र अन्य बन्दोबस्तीका सामग्री लिएर एसपीजीका अधिकारीहरु चार दिन पहिले नै लुम्बिनी आएका हुन् ।

नयाँ दिल्ली हुँदै आएको विमानमा एसपीजीका ३० सदस्यहरु रहेका छन् । उनीहरुलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरुले स्वागत गरेका थिए । यो विमानस्थलमा कुनै पनि अन्तराष्ट्रिय उडान भएको पहिलो पटक हो । जेठ २ गते देखि नै जजिरा एयरले यहाँ नियमित उडान सुरु गर्दैछ ।

विमानस्थल प्रवेशका लागि भारतले गोरखपुर र महेन्द्रनगरको रुट अहिलेसम्म दिएको छैन । सोही कारण भारतीय वायु सेवाको यो विमान पनि काठमाडौं विमानस्थलमा आएर त्यहाँ अवतरण नगरी भैरहवा फर्किएको अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : २० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय