२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बुटवलमा भएको विस्फोटबाट व्यवसायीक सटरमा प्वालैप्वाल, नामै नसुनिएको नेकपा माओवादीको पर्चा भेटियो



बुटवल । नेपालमा निर्वाचन नजिकिएसँग नयाँ नयाँ नामको समुहहरु जन्मने गर्दछन् र अस्तित्वमा आउनका लागि घटनाहरु घटाउने गर्ने गरेका छन् । त्यसैको पछिल्लो कडीकारुपमा स्थानीय तह निर्वाचन आउन ३६ घण्टा बाँकी छंदा बुटवलमा पुनः एउटा नयाँ नामबाट विस्फोटको घटना घटाइएको छ ।

बुटवलको व्यस्त मध्यभागको राजमार्ग मिलनचौकमा सम्साँझै कुकर वम विस्फोट गराएर कम्युनिष्ट नामको अर्को समुह अस्तित्वमा आउने प्रयास गरेको देखिएको छ । बुटवलमा अहिले सम्म अस्तित्वमा नआएको समुहबाट विस्फोट हुँदा एउटा पसलका सटरमा प्वाल परेको छ । घटनाहरुथलमा कुकरका टुक्राहरु, विस्फोटमा जलेका केप तथा चुनाव बहिस्कारको नारा सहितको नेकपा माओवादी नामको पर्चा भेटिएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी विभाजित भएपनि नेकपा माओवादी नै नाम राखेर कुनै नेताले संगठन बनाएको नदेखिएपनि सामाजिक सञ्जालमा भने बेलाबखत नेकपा माओवादी, कमरेड नेपालको नामहरुबाट विज्ञप्तिहरु आउने गरेका थिए । विस्फोट भएको २ घण्टा बढी हुँदा पनि आधिकारीकरुपमा कसैले विस्फोटको जिम्मा लिएको छैन । घटनास्थलमा भेटिएको पर्चाका आधारमा प्रचण्डसँग असन्तुष्ट भएर सेना समायोजनमा असहमती जनाएको एक समुहबाट घटना भएको हुन सक्ने अनुमान गरिएको छ । झण्डै ५ वर्ष पहिले माओवादी कम्युनिष्ट सेण्टरको नामबाट अस्तित्वमा देखिएको समुह विभाजित भएर कमरेड नेपालको नामबाट गठन भएको नेकपा माओवादीको नामबाट कहिलेकाहीँ फेसबुकमा विज्ञप्ति आउने गरेको थियो ।

बुटवलको विस्फोटको घटनाले सुरक्षा निकायलाई थप चनाखो बन्नु पर्ने चुनौती थपिदिएको छ । घटनास्थलमा पुगेको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनाको आ आफ्नै तरीकाले अनुसन्धान थालेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ३३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको