१ पुस २०८२, मंगलबार | December 16, 2025

नवलपरासीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्धार यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ११ : ४५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज