११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रचण्डले भने – निर्वाचनमा हारजित स्वभाविक छ



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा हारजित स्वभाविक भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जित हारका कुरा स्वभाविक प्रक्रिया भएको बताएका हु्न् । उनले भने, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो गर्दैन ।”

प्रचण्डले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे । उनले भने ‘स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला हो । मैले हुर्के बढेको बुथमा आएर मतदान गरेर आउँदा खुसी लागेको छ । भयरहित वातावरणमा मतदान गर्न म सबै मतदातालाई आग्रह गर्छु ।”

प्रचण्डले गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको जिकिर गरे । राष्ट्र खतरामा जाने अवस्थामा गठबन्धन गरेको उनको तर्क थियो ।

प्रचण्डले आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : २३ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र