२२ चैत्र २०८२, आइतबार | April 6, 2026

लुम्बिनी प्रदेशमा मतदान जारी, प्रदेशका उच्च सरक्षा अधिकारीहरुबाट मतदान केन्द्रहरुको संयुक्त अनुगमन



बुटवल । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अपरान्ह ३ बजे सम्म शान्तिपूर्ण तरीकाबाट मतदान चलिरहेको प्रदेशका उच्च सुरक्षा अधिकारीहरुले बताएका छन् । मतदान केन्द्रहरुको स्थलगत अनुगमनमा निस्केको प्रदेश सरकारका मुख्य सचिव सहितको प्रदेशका उच्च स्तरिय सुरक्षा अधिकारीहरुको टोलिले प्रदेशभरी शान्तिपूर्ण मतदान जारी रहेको जनाएको हो ।

लुम्बिनी प्रदेश सरकारमा मुख्य सचिव डिल्लीराम शर्मा, नेपाली सेनाका बाहिनीपति नवराज गुरुङ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका डीआईजी कुलबहादुर नेम्वाङ र राष्ट्रिय अनुसन्धानका प्रदेश अनुसन्धान निर्देशक सुमन बैद्य सहितको टोलिले रुपन्देही, कपिलवस्तु र नवलपरासीको विभिन्न मतदान केन्द्र तथा मतदानस्थलहरुको स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमनका क्रममा सबै स्थानमा विना अवरोध मतदाताहरुले मतदान गरेको पाईएको अनुगमनमा रहेका प्रदेश अनुसन्धान निर्देशक बैद्यले बताए ।

लुम्बिीनी प्रदेशमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका र तुलसीपुरको १७ नम्बर वडामा बाहेक सबै स्थानमा आज मतदान भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : ३३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको