मनाङ । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले मनाङबाटै खाता खोलेको छ ।
जिल्लाको चामे गाउँपालिको अध्यक्षमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घलेले विजयी भएका छन्। घले यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका घलेले ३ सय २० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा ३ सय २५ मत ल्याएर कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । एमालेकी आशकुमारी गुरुङले भने २ सय ७४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमा सीमित भइन । ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा शुक्रबार भएको मतदानमा ६ सय १० मत खसेको थियो । यो कुल मतदाताको ८५ दशमलव ७९ प्रतिशत हो ।



















प्रतिक्रिया