३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

गुल्मी रेसुङ्गा नगरपालिकामा ३ वटा वडामा प्यानलसहित कांग्रेस उम्मेदवार विजयी, मेयरमा पनि कांग्रेसकै अग्रता



बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिकाको ४ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा ४ वटै वार्डमा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मत सहित विजयी भएका छन् भने २ मा काँग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् । त्यसैगरि वडा नम्बर ३ मा काँग्रेसकै बावुराम खत्रीले ४८७ वडा नम्बर ४ मा लिलाधर आचार्य ५५७ मतका साथ प्यानल सहित विजयी भएका छन् ।

रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेको गुल्मीकाट पत्रकार रिया क्षेत्रीले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४५ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र