२८ असार २०८३, आइतबार | July 12, 2026

रुकुमको सानीभेरीमा माओवादी अग्रता, वडा नं. १ मा प्यानलै विजयी



रुकुम पश्चिम । रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

माओवादी उम्मेदवार बिर्खबहादुर विष्टले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएका हुन् । विष्टले अहिलेसम्म ५४७ मत प्राप्त गरेका छन् । माओवादी विरुद्ध बनेको कांग्रेस एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार गोरखप्रसाद चन्दले २८० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रककै कमला रोका पुनको अग्रता छ ।

सानीभेरी गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भैसकेका छन् । पुनले ५ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खलबहादुर पुनले २ सय ८१ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : १५ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण