डोल्पा । कांग्रेस–एमाले–एकीकृत समाजवादी गठबन्धनलाई पराजित गर्दै डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
यससँगै माओवादीले स्थानीय तह निर्वाचनमा पहिलो पहिलामा विजयको खाता खोलेको छ । जगदुल्लाको
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा पनि माओवादीकै अमृता लामा बोहोरा विजयी भएकी छिन् । उनले ७५९ मत ल्याएकी छिन् । उपाध्यक्षमा एमालेकी चन्द्रवती थापाले ७४९ मत ल्याएकी छिन् ।
माओवादीले गाउँपालिकाको नतृत्वसहित तीन वटा वडा अध्यक्ष पनि जितेको छ ।



















प्रतिक्रिया