१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लुम्बिनीको आकाशमा भारतीय हेलिकप्टर, मोदीको स्वागतका लागि सजाउन थालियो लुम्बिनी



लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षाफौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् ।

भारतीय उच्च सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइसकेका छन् भने नेपाल सरकारका गृहमन्त्री सहितको टोलि भोली लुम्बिनी आईपुग्ने बताइएको छ । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी जेठ २ गते लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्माण भएको पाँच हजार जना अट्ने क्षमताको अन्तराष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने लुम्बिनी विकास कोष स्रोतले जनाएको छ ।

कोषका अनुसार गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री नारायण खड्का भोली लुम्बिनी आइपुग्ने छन् । मोदीको स्वागतका लागि लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारीएको छ भने भैरहवा देखि लुम्बिनी सम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम