१० असार २०८३, बुधबार | June 24, 2026

लुम्बिनीको आकाशमा भारतीय हेलिकप्टर, मोदीको स्वागतका लागि सजाउन थालियो लुम्बिनी



लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षाफौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् ।

भारतीय उच्च सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइसकेका छन् भने नेपाल सरकारका गृहमन्त्री सहितको टोलि भोली लुम्बिनी आईपुग्ने बताइएको छ । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी जेठ २ गते लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्माण भएको पाँच हजार जना अट्ने क्षमताको अन्तराष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने लुम्बिनी विकास कोष स्रोतले जनाएको छ ।

कोषका अनुसार गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री नारायण खड्का भोली लुम्बिनी आइपुग्ने छन् । मोदीको स्वागतका लागि लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारीएको छ भने भैरहवा देखि लुम्बिनी सम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २९ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया