२४ भदौ २०८३, बुधबार | September 9, 2026

देउवाको वडामा हारेपनि गृह पालिका गन्यापधुरा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी



डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका कांग्रेसको नियन्त्रणमा आएको छ ।

गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । देउवाको गृह वडा (१)मा भने कांग्रेस उम्मेदवार कांग्रेस वीपीका उम्मेदवारसँग् पराजित भएका थिए ।

कार्कीले ३ हजार ३८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत मात्र पाएका छन् । कांग्रेसको संस्थापन पक्षसँग असन्तुष्ट भएपछि डडेल्धुराका पूर्वपार्टी सभापति कर्णबहादुर मल्ल कांग्रेस वीपीमा प्रवेश गरेर एमालेसँग गठबन्धन गरी उम्मेदवार खडा गरेका थिए ।

सो गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाउँदा एमालेका एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ४० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी