काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ ।
शनिबार रातिसम्पन्न मतगणनामा कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थी र उपमेयर अमृतादेवी कुँवर विजयी भएका हुन् ।
कांग्रेस गुल्मी सभापति समेत रहेका पन्थीले ८ हजार ६१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र पाण्डेले ७ हजार २६२ मत ल्याएका छन्।
यस्तै, नगरपालिकाका १० वटामा कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
२०७४ सालको निर्वाचनमा रेसुंगाको मेयर र उपमेयर दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।



















प्रतिक्रिया