२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलमा एमालेलाई पछाडी पारेर अगाडी बढ्दै गठबन्धनका पाण्डे, उप मेयरमा एमालेको अग्रता



बुटवल । बुटवल उपमहानगरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउने क्रम जारी रहेको छ । उपमहानगरको १ वार्डको पुरा र २ वार्डको प्रारम्भिक परिणाममा पाण्डेले १३ ५५ मत पाएका छन् । उनको पछिपछि एमालेका बावुराम भट्टराईले ७०४ मत ल्याएर पछ्याएका छन् ।

१ नम्बर वार्ड सकिंदा सम्म दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचनले ५०९ मत ल्याएर तेस्रो स्थान सम्हालिरहेका छन् । बुटवल उपमहानगर पालिका को वार्ड नम्बर १ को मतगणना सकिएको छ भने अहिले वार्ड नम्बर २ र १९ को गणना भइरहेको छ ।

बुटवलमा पछिल्लो परिणाम अनुसार उप प्रमुखमा एमाले उम्मेदवार सावित्रा अर्यालले ६५२ मत, गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५७५ मत र राप्रपाकी भगवती पाण्डेले ४६७ मत प्राप्त गरेकी छन् ।

बुटवलमा हाल सम्म ३०७५ मत गणना भइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ०३ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ