नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाममा गठबन्धनबाट मेयर पदमा कांग्रेस उम्मेदवार प्रशान्त विष्ट प्रतिद्वन्दीभन्दा २ गुणा बढी मतले अगाडी बढेका छन् ।
नेपालगन्जबाट प्राप्त पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रशान्त विष्टले २१४० मत प्राप्त गर्दा राप्रपाका नन्दलाल बैश्यले १०३३ र एमालेका पशुपतिदयाल मिश्राले ९६८ मत पाएका छन् ।
त्यस्तै उप प्रमुख पदमा गठबन्धनबाट जसपा उम्मेदवार कमरुद्दीन राईको १४४२ मत आएको छ भने राप्राकी बिन्दु चर्तिमगरको १०८४ र एमालेकी शान्ति ढकालको ८८४ मत आएको छ ।


















प्रतिक्रिया