२४ भदौ २०८३, बुधबार | September 9, 2026

सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना रोक्ने काम भयो : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा आपत्ति जनाएको छ ।

‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

यस किसिमको गतिविधिबाट आयोगको पूर्व योजना अनुसार ज्येष्ठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको आयोगले जनाएको छ ।

जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरुलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने, स्थानको उपलब्धता अनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने कार्य आयोगले गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘मतगणना कार्य छिटो भन्दाछिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरुका प्रतिनिधिहरु व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा आयोगले भनेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ११ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४