बुटवल । तिलोत्तमामा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मध्यान्हसम्म लिड गरिरहेका गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई पछि पार्दै एमालेबाट नगर प्रमुखका उम्मेदवार मोहन चापागाईं अपरान्हबाट अग्रस्थानमा पुगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार चापागाईंले १६५६ मतका साथ अग्रता लिएका छन् भने उनलाई कांग्रेस उम्मेदवार खाँणले १५५९ मतका साथ पछ्याईरहेका छन् ।
उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको अग्रता निरन्तर रहिररहेको छ । चौधरीले १५२३ मत ल्याएर प्रतिद्वन्दी गठबन्धनबाट माओवादी उम्मेदवार हेमलाल पाण्डेलाई ६९५ मा पछि छाडेकी छन् ।
प्रतिक्रिया