बुटवल । तिलोत्तमामा फेरि गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणामबाट खाँणले एमाले उम्मेदवार मोहन चापागाईंलाई ६४ मतले पछि पार्दै अग्रता लिएका हुन् ।
प्राप्त मत परिणाम अनुसार तिलोत्तमामा अहिलेसम्म गणना भएको ४९७३ मत मध्य कांग्रेस उम्मेदवार खाँणले १८१२ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले १७४८ मत पाएका छन् ।
त्यसैगरि उपमेयरमा एमालेकी जागेश्वरी चौधरीले १७०८ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमराज पाण्डेले ९५८ मत प्राप्त गरेका छन् ।



















प्रतिक्रिया