१८ श्रावण २०८३, सोमबार | August 3, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयर र नेपाल एयरलाइन्सद्वारा व्यवसायिक उडान सुरु



बुटवल । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौं पछि नेपाल मै पहिलो पटक भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानथलमा अन्तरराष्ट्रिय उडानलले अवतरण गरेको छ । आज बिहानै भैरहवाको आकाशमा परिक्रमा गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको हो ।

आजैबाट औपचारीक उदघाटन भएको  सो विमानस्थदमा कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले बिहान ७ बजेर १५ मनिेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो ।

पहिलो अवतरण गरेको विमानमा सवार यात्रुहरुलाई भैरहवामा भव्य भव्य स्वागत गरिएको थियो।

कुवेतको जजिरा एयरलाइन्सको विमान सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको हो। सो विमानले आजै (सोमबार) नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ ।

पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउदै लैजाने बताइएको छ ।

पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।

बुद्ध जयन्तीको अवसर पारेर आज विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : २३ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा