१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयर र नेपाल एयरलाइन्सद्वारा व्यवसायिक उडान सुरु



बुटवल । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौं पछि नेपाल मै पहिलो पटक भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानथलमा अन्तरराष्ट्रिय उडानलले अवतरण गरेको छ । आज बिहानै भैरहवाको आकाशमा परिक्रमा गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको हो ।

आजैबाट औपचारीक उदघाटन भएको  सो विमानस्थदमा कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले बिहान ७ बजेर १५ मनिेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो ।

पहिलो अवतरण गरेको विमानमा सवार यात्रुहरुलाई भैरहवामा भव्य भव्य स्वागत गरिएको थियो।

कुवेतको जजिरा एयरलाइन्सको विमान सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको हो। सो विमानले आजै (सोमबार) नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ ।

पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउदै लैजाने बताइएको छ ।

पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।

बुद्ध जयन्तीको अवसर पारेर आज विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : २३ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७