७ आश्विन २०८३, बुधबार | September 23, 2026

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादीका पुन विजयी, उपाध्यक्षमा कांग्रेसका जीसी



काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुवास पुन विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा गठबन्धनबाटै उपाध्यक्षमा लडेका कांग्रेस उम्मेदवार भक्तबहादुर जिसी पनि विजयी भएका छन् ।

अध्यक्षमा विजयी पुनले ५,७४९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भेषराज खत्रीले ३,६७८ मत पाए ।

यस्तै, उपाध्यक्षमा निर्वाचित जिसीले ५,९४५ प्राप्त गरेका छन् । एमालेका सरस्वता कुमारी घर्तीले ३२६५ मत पाएकी छिन् ।

बंगलाचुलीका ४ वडा माओवादी केन्द्रले जितेको छ । ४ वडा कांग्रेसले जितेको छ । एमालेले भने वडा नं. ७ को दुई वटा खुल्ला सदस्य मात्र जित्न सक्यो । बंगलाचुलीमा २०७४ मा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई