नेपालगन्ज । नेपालगन्जमा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले प्रतिद्वन्दी एमाले उम्मेदवार झण्डै अढाई गुणाको मतान्तरले अग्रता लिएका छन् । सुरुवाती अग्रतालाई कायम गर्दै विष्टले लगातार मतान्तर बढाउँदै गएका छन् ।
नेपालगन्जबाट प्राप्त पछिल्लो परिणाम अनुसार विष्टले ४२५७ मत प्राप्त गर्दा एमालेका पशुपति दयाल मिश्रााले १८८७ र राप्रपाका नन्दलाल बैश्यले १६३५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट राजपा उम्मेदवार कमरुद्दीन राइले २९६९ मत प्राप्त गर्दा राप्रपाकी बिन्दु चर्तिमगरले २१५५ र एमालेकी शान्ति ढकालले १७०९ मत पाएकी छन् ।
नेपालगन्जमा ४ वटा वडाको नतिजा सार्वजनिक भईसकेको छ ।


















प्रतिक्रिया