११ भदौ २०८३, बिहिबार | August 27, 2026

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् ।

एक दिवसीय भ्रमणका क्रममा मोदी केही बेरअघि बुद्ध जन्मस्थल लुम्बिनीमा आइपुगेका हुन् । मोदी भारतीय वायु सेनाको हेलिकोप्टरबाट अवतरण गरेका थिए । उनीसँगै आएका दुई वटा हेलिकोप्टरमा अन्य भारतीय विशिष्ठ अतिथिहरु पनि आएका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।

मोदीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रा, स्पेशल प्रोटेक्शन गार्डका डाइरेक्टर अरुन कुमार सिंह, सहसचिवहरु अरिन्दम बाक्ची, रुद्र गौरव श्रेस्थ, अनुराग श्रीवस्तव रहेका छन् । यसैगरी नेपालस्थित भारतीय दुतावासका डीसीएम नाम्ग्यल सि खम्पा, स्पेसन डिउटी अफिसर हिरेन जोशी, प्रधानमन्त्रीका निजी सचिव विवेक कुमार र प्रधानमन्त्रीका डाइरेक्टर अभिषेक शुक्ल पनि रहेका छन् ।

प्रधानमन्त्री देउवाको मैत्रिपूर्ण निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन् । बुद्ध जयन्तीको अवसर पारेर आएका मोदीले लुम्बिनीमा भारतद्वारा निर्माण गरिने बौद्ध बिहारको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । यस्तै, मोदी र प्रधानमन्त्री देउवाबीच शिष्टाचार भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रमलाई दुवै प्रधानमन्त्रीले सम्बोधन समेत गर्नेछन् ।

मोदीले सबैभन्दा पहिला मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

मोदी आजै अपरान्ह ४ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

मोदीले लुम्बिनी अवतरण गर्ने वित्तिकै ट्वीट गर्दै बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ५९ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक