२३ बैशाख २०८३, बुधबार | May 6, 2026

तनहुँको घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउदै एमालेको जित



तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । उनले चार हजार ३३१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका कांग्रेसका गंगाराम कुमाल ७७७ मतान्तरले पराजित भए । कुमालले तीन हजार ५५४ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकी राधादेवी अधिकारी फराकिलो मतान्तर विजयी भएकी छन् । उनले एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई एक हजार ७३४ मतले पराजित गरिन् । अधिकारीले चार हजार ४८१ र थापाले दुई हजार ७४७ मत पाएका छन्।

घिरिङमा शुक्रबार भएको मतदानमा ५९।४० प्रतिशत मत खसेको थियो । १४ हजार ६७६ मतदाता रहेको घिरिङ गाउँपालिकामा आठ हजार ७१७ मतदाता मतदानमा सहभागी भएका थिए। यहाँ एमाले भर्सेस कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो ।

वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको छ । बाँकी तीन वडामा एमालेका उम्मेद्वार विजयी भए । घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रवीचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरे ।

घिरिङ(२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा तहलसिं थापाले ८४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका चुननारायण श्रेष्ठले ४५५ मत पाए । वडा नम्बर ४ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी हुँदा निकटम प्रतिष्पर्धी कांग्रेसका वीरबहादुर थापाले ६३६ मत प्राप्त गरे ।

वडा नम्बर ५ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका विष्णुवीर आले ८९० मत ल्याएर विजयी हुँदा एमालेका जसमान थापाले ७८७ मत पाए । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले यिनै दुई वडा जितेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ५४ बजे

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज