२८ असार २०८३, आइतबार | July 13, 2026

भरतपुरमा अघिपछिको खेल जारी : विजयलाई उछिन्दै पुन: रेनु आइन अघि



चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा अघिपछि हुँदै आएका रेनु दाहाल र विजय सुवेदीको खेल थप रोचक बनेको छ ।

पछिल्लो पछिल्लो मतगणना अनुसार गठबन्धनका उम्मेदवार रेनु दाहाल १२ मतले अघि आएकी छिन् । आइतबारदेखि पछि परेकी रेनु वडा नं. ४ को मतगणना हुँदै गर्दा पुनः अघि आएकी हुन् । १५ हजार ३०८ मतको गणना हुँदा रेनुले ५ हजार १३८ मत ल्याएकी छिन् भने एमालेका विजय सुवेदीले ५ हजार १२२ मत ल्याएका छन् ।

वडा नंं १२ सम्म पुग्दा यस्तै अघिपछिको खेल चलिरहने गठबन्धनका नेताहरुले आंकलन गरेका छन् । अहिलेकै सय पचासको अघिपछिको अवस्था रहेमा १६ नं. वडापछि रेनुको मतान्तर बढ्ने उनीहरुको आंकलन रहेको छ ।

तर, कांग्रेसका बागी जगन्नाथ पौडेलले समेत उल्लेखनीय मत ल्याएका कारण रेनुको भोट धेरै घटेको छ । पौडेलले २ हजार ४१६ मत पाएका छन् ।

मतगणनाअनुसार उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ र राप्रपाकी हिमला गुरुङले ४ हजार ४२ मत ल्याएकी छन् ।

वडा न ४ को वडाअध्यक्षमा कांग्रेसले एक हजार ५६४ मत ल्याउँदा एमालेको एक हजार ४३ मत आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ४२ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली