चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा अघिपछि हुँदै आएका रेनु दाहाल र विजय सुवेदीको खेल थप रोचक बनेको छ ।
पछिल्लो पछिल्लो मतगणना अनुसार गठबन्धनका उम्मेदवार रेनु दाहाल १२ मतले अघि आएकी छिन् । आइतबारदेखि पछि परेकी रेनु वडा नं. ४ को मतगणना हुँदै गर्दा पुनः अघि आएकी हुन् । १५ हजार ३०८ मतको गणना हुँदा रेनुले ५ हजार १३८ मत ल्याएकी छिन् भने एमालेका विजय सुवेदीले ५ हजार १२२ मत ल्याएका छन् ।
वडा नंं १२ सम्म पुग्दा यस्तै अघिपछिको खेल चलिरहने गठबन्धनका नेताहरुले आंकलन गरेका छन् । अहिलेकै सय पचासको अघिपछिको अवस्था रहेमा १६ नं. वडापछि रेनुको मतान्तर बढ्ने उनीहरुको आंकलन रहेको छ ।
तर, कांग्रेसका बागी जगन्नाथ पौडेलले समेत उल्लेखनीय मत ल्याएका कारण रेनुको भोट धेरै घटेको छ । पौडेलले २ हजार ४१६ मत पाएका छन् ।
मतगणनाअनुसार उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ र राप्रपाकी हिमला गुरुङले ४ हजार ४२ मत ल्याएकी छन् ।
वडा न ४ को वडाअध्यक्षमा कांग्रेसले एक हजार ५६४ मत ल्याउँदा एमालेको एक हजार ४३ मत आएको छ ।



















प्रतिक्रिया