काठमाडौं । पोखरा महानरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उठेका एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य फराकिलो अग्रताका साथ अघि बढेका छन् ।
आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई १२ सय बढी मतले लिड गरेका छन् ।
हालसम्म २० हजार ६६० मत गणना हुँदा आचार्यले ८ हजार ५६३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका थापाले ७ हजार २७८ मत पाएका छन् ।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार अघि छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङ भन्दा ६०५ मतले अघि छिन् । कोपिलाले ८ हजार ८७६ मत ल्याउँदा मञ्जुदेवीले ८ हजार २७१ मत पाएकी छन् ।


















प्रतिक्रिया