जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादीका डम्बरबहादुर रावतले एमालेका धर्मबहादुर शाहीलाई फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । रावतले ५५९९ मत प्राप्त गरेका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका शाहीले ३६२६ मत मात्र प्राप्त गरे । दुई बीच १९७३ मतान्तर रहेको छ ।
माओवादी र कांग्रेसको गठबन्धन रहेको नलगाडमा उपमेयरमा कांग्रेसकी सुरिता सिंहले ५४०६ मत ल्याएर विजयी भएकी छिन् । उनको पछि रहेकी एमालेकी सुनिता बोहोराले ३३९३ मत मात्र पाइन ।



















प्रतिक्रिया