७ आश्विन २०८३, बुधबार | September 23, 2026

महाधिवेशनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भोली बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै



काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछि पहिलोपटक पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यत: समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली टुंग्याउने एजेन्डा रहेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले बैठक अत्यन्तै महत्वपूर्ण मानिएको छ । आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ गतेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन दलहरूलाई समय दिएको छ ।

एमाले स्रोतका अनुसार जिल्ला र प्रदेश कमिटीबाट आएका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरूले छोटो सूची तयार गरिसकेका छन् । सोही सूचीमाथि छलफल गर्दै आजको बैठकले अन्तिम निर्णय गर्ने तयारी गरिएको छ ।

बैठकमा समानुपातिक उम्मेदवार छनोटसँगै पार्टी कार्यालय व्यवस्थापन, पछिल्लो राजनीतिक परिस्थिति तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्रीले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग गरेको छलफलका विषयमा पनि अध्यक्ष ओलीले सचिवालय बैठकमा जानकारी गराउने कार्यसूची रहेको एक पदाधिकारीले बताए ।

एमालेले समानुपातिक सूची समावेशी सिद्धान्तअनुसार तयार गर्ने बताउँदै आएको छ । दलभित्र महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारु तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाबसमेत रहेको छ । आजको बैठकबाट नाम टुंगिएसँगै भोलि नै निर्वाचन आयोगमा सूची बुझाइने तयारी गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ४ : ४१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११