१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भिमादको मेयर उपमेयरमा एमालेको जित



तनहुँ । भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् ।

सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शारदा खनाल फेरि दोहोरिएकी छन् । उनी ४६२ मतान्तरले विजयी भएकी हुन् । खनालले सात हजार ६६७ मत प्राप्त गरी विजयी हुदाँ प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत ल्याउदै पराजित भए ।

भिमादमा २४ हजार ८८४ मतदाता रहेको १६ हजार १४९ मत खसेको थियो । यस्तै, वडातर्फ २, ३, ७, ८ र ९ मा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।

वडा नम्बर १ मा दिपक आले, २ मा दिनेशकुमार थापा, ३ मा पदम सेन ठकुरी, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा, ६ मा श्याम जोशी, ७ मा प्रकाश श्रेष्ठ, ८ मा अणबहादुर शाही र ९ मा रनबहादुर थापा विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : २७ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं