१२ पुस २०८२, शनिबार | December 27, 2025

भिमादको मेयर उपमेयरमा एमालेको जित



तनहुँ । भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् ।

सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शारदा खनाल फेरि दोहोरिएकी छन् । उनी ४६२ मतान्तरले विजयी भएकी हुन् । खनालले सात हजार ६६७ मत प्राप्त गरी विजयी हुदाँ प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत ल्याउदै पराजित भए ।

भिमादमा २४ हजार ८८४ मतदाता रहेको १६ हजार १४९ मत खसेको थियो । यस्तै, वडातर्फ २, ३, ७, ८ र ९ मा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।

वडा नम्बर १ मा दिपक आले, २ मा दिनेशकुमार थापा, ३ मा पदम सेन ठकुरी, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा, ६ मा श्याम जोशी, ७ मा प्रकाश श्रेष्ठ, ८ मा अणबहादुर शाही र ९ मा रनबहादुर थापा विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : २७ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको