६ बैशाख २०८१, बिहिबार | April 18, 2024

पाएको मत एउटा गणकले अर्कै ‘ईन्ट्रि’ गरिदिएपछि तिलोत्तमामा लफडा



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । मतगणनामा खटिएका कर्मचारीले उम्मेदवारले पाएको मत भन्दा फरक ‘ईन्ट्रि’ गरेको भेटिएपछि भएको विवादका कारण मतगणना रोकिएको हो ।

कांग्रेसका उम्मेदवारले पाएको मतलाइ घटाएर ईन्ट्रि गरेको भेटिएरपछि मतगणना रोकिएको छ । कांग्रेस सहित गठबन्धनका कार्यकर्ताहरुले मतगणनास्थलमा अहिले नाराबाजी गरिरहेका छन्।

निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा कमजोरी भएको स्विकार गर्दै बिज्ञप्ती निकालेको छ । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला बिबाद भएको हो । अभिलेख प्रविष्ट गर्ने बेला फरक पर्न गएको भन्दै आयोगले अभिलेख भिडाएर हस्ताक्षर पछिमात्र ईन्ट्रि गर्ने गरि व्यवस्था मिलाईएको विज्ञप्तिमा उल्लेख छ ।

कम्प्युटरमा बसेका कर्मचारीले एमालेको १४ मतलाई ४१ मत बनाइदिएको कांग्रेसको आरोप छ । वडा न २ को गणनामा एमालेले पाएको बास्तबिक ५९ मतलाइ ९५ भनेर टिपाइएको मतगणनामा बसेका एकजना कांग्रेस प्रतिनिधिले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : ५२ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच