२८ असार २०८३, आइतबार | July 13, 2026

पाएको मत एउटा गणकले अर्कै ‘ईन्ट्रि’ गरिदिएपछि तिलोत्तमामा लफडा



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । मतगणनामा खटिएका कर्मचारीले उम्मेदवारले पाएको मत भन्दा फरक ‘ईन्ट्रि’ गरेको भेटिएपछि भएको विवादका कारण मतगणना रोकिएको हो ।

कांग्रेसका उम्मेदवारले पाएको मतलाइ घटाएर ईन्ट्रि गरेको भेटिएरपछि मतगणना रोकिएको छ । कांग्रेस सहित गठबन्धनका कार्यकर्ताहरुले मतगणनास्थलमा अहिले नाराबाजी गरिरहेका छन्।

निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा कमजोरी भएको स्विकार गर्दै बिज्ञप्ती निकालेको छ । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला बिबाद भएको हो । अभिलेख प्रविष्ट गर्ने बेला फरक पर्न गएको भन्दै आयोगले अभिलेख भिडाएर हस्ताक्षर पछिमात्र ईन्ट्रि गर्ने गरि व्यवस्था मिलाईएको विज्ञप्तिमा उल्लेख छ ।

कम्प्युटरमा बसेका कर्मचारीले एमालेको १४ मतलाई ४१ मत बनाइदिएको कांग्रेसको आरोप छ । वडा न २ को गणनामा एमालेले पाएको बास्तबिक ५९ मतलाइ ९५ भनेर टिपाइएको मतगणनामा बसेका एकजना कांग्रेस प्रतिनिधिले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : ५२ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली