११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रदिप ज्ञवालीको गृह गाँउपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी



गुल्मी । २०४३ सालको निर्वाचन यता कहिल्यै नहारेको तत्कालिन नेकपा माले र अहिलेको एमालेको किल्ला रुरुक्षेत्र गाँउपालिका पहिलो पटक एमाले पराजित भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार यदु ज्ञवालीले ४ दशकदेखि एमालेले आफ्नो किल्ला मान्दै आएको रुरुलाई पहिलो पटक भत्काईदिएका छन् । एमाले नेता प्रदिप ज्ञवाली, कमल श्रेष्ठ, निलकण्ठ गौतम जस्ता एमाले नेताहरु जन्माएको रुरुक्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले पराजित भएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीले विजयी भएका छन् । उनले एमालेका प्रभावशाली मानिएका हिमाल श्रेष्ठलाई पछि पार्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।

सोमवार साँझ आएको मत परिणाम अनुसार माओवादी उम्मेदवार ज्ञवालीले ५८१७ पाएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी श्रेष्ठले ४५४० भोटसहित दोस्रो पराजित भएका छन् ।

उपाध्यक्षमा भने एमालेकी मीना गौतम विजयी भएकी छन् । उनले ५४५१ मत पाएकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार दुर्गा ज्ञवालीले ४६४६मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : १६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना