२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

दाङको राप्ती गाउँपालिकामा माओवादी विजयी



काठमाडौं । दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी रहेको राप्तीमा माओवादी उम्मेदवार प्रकाश विष्ट अध्यक्षमा विजयी भएका हुन् ।

विष्टले ६ हजार ८९८ मत प्राप्त गरेका छन् । उनको निकटतम निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेलले ५ हजार ७०० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत पाइन ।

राप्तीमा माओवादीले राष्ट्रिय जनमोर्चासँग मिलेर चुनाव लडेको थियो । यद्यपी, जनमोर्चाको तर्फबाट उपाध्यक्षमा उठेका उम्मेदवार भने पराजित भएका छन् ।

नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरीले उपाध्यक्ष जितेकी छिन् । चौधरीले
६ हजार ६७४ मत पाइन । उनको निकतटम प्रतिस्पर्धी रहेका कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालले भने ४ हजार ४६४ मत पाउन सके ।

यसअघिको स्थानीय तह चुनावमा राप्तमा कांग्रेसका उम्मेदवार विजयी भएा थिए ।

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ०६ बजे

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध