१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

देवदह नगरपालिकामा एमालेबाट मेयरमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ विजयी



बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।

एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् ।

खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन् । ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउदा गिरीले सात हजार २९० मत पाइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : ५३ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण