२४ भदौ २०८३, बुधबार | September 9, 2026

चौदण्डीगडीमा एमालेका लामा र दुलाल निर्वाचित



उदयपुर । उदयपुरको चौदण्डीगडी नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा एमाले निर्बाचित भएका छन् । नगर प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८८६३ मत प्राप्त गरेको छ ।

निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गरेको छ । नगर प्रमुखमा ८५१ मतान्त।ले लामा निर्बाचित भएका हुन । त्यसैगरी नगर प्रमुखमा नेकपा एकिकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४३७५ मत प्राप्त गरेको छ ।

नगर उप–प्रमुखमा एमालेकै मणिकादेवी दुलालले ९५६६ मत प्राप्त गरि बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका रिताकुमारी चौधरीले ७७६० मत प्राप्त गरेकी छिन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका हिरा थापा तिम्सिनाले ३५११ मत प्राप्त गरेको छ ।

त्यसैगरी वडाध्यक्षहरुमा क्रमश १ मा नेकपा एमालेका सिताराम राई, २ मा नेकपा एमालेका हरिबहादुर खडका, ३ मा नेपाली काग्रेसका पर्शुराम राई, ४ मा नेकपा एमालेका लुङ्गाराज राई, ५ मा नेकपा एमालेका तुलसीराम ढकाल, ६ मा नेपाली काग्रेसका अम्बरबहादुर खड्का, ७ मा नेकपा एमालेका केशब अधिकारी, ८ मा नेकपा एमालेका भगनाथकुमार मगर, ९ मा नेकपा एमालेका प्रकाशकुमार राउत र १० मा नेकपा एमालेका धर्मेन्द्रकुमार खड्का निर्बाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : २१ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु