८ कार्तिक २०८३, आइतबार | October 25, 2026

वर्तमान निर्वाचन प्रणालीबाट तटस्थ र निश्पक्ष निर्वाचन हुन सक्दैन : पूर्व मुख्यसचिव पौड्याल (भिडीयो संवाद)



बुटवल । नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौड्यालले वर्तमान निर्वाचन प्रणालीले तटस्थ र स्वतन्त्र निर्वाचन हुनै नसक्ने बताएका छन् । खबरसंवादमा अन्तर्वार्ता दिँदै पूर्व मुख्यसचिव पौड्यालले व्यक्ति चिन्नु नपर्ने चुनाव चिन्ह चिने पुग्ने निर्वाचन प्रणालीले निश्पक्ष निर्वाचन हुनै नसक्ने बताए ।

उनले स्थानीय तहमा दलीय निर्वाचन हुन नहुने जिकिर गर्दै जनताले निर्धकक भएर नेता चुन्न पाउनुपर्ने धरणा राखे । उनले स्थानीय तहको काम कर्तव्य र अधिकार तोक्दा संविधानमा त्रुती भएको औंल्याउँदै उनले स्थानीय तहका जन प्रतिनिधिहरुलाई कुनै न कुनै बिधिमा बाँध्नु पर्ने बताए । ‘अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई चिने पनि जनताले सदस्यहरुलाई चिन्दै नचिनी मत दिए,’ उनले भने, ‘व्यक्ति, विचार र योजना नहेरी चुनाव चिन्ह हेरेर मतदान गराइयो ।’

पूर्व मुख्यसचिव पौड्यालले निजामती कर्मचारी दल विशेषको निकट भएर संगठित हुनै नहुने तर्क गर्दै आफुले आफ्ना कार्यकालका सबै प्रधानमन्त्रीसँग कुरा राखेपनि सुनुवाई नभएको बताए । कर्मचारीहरु आफै आस्थाका आधारमा सरकारका विरुद्ध संगठित हुने परिपाटीले स्थायीत्वको कल्पना गर्न नसकिने उनले बताए ।

संघीयतको समिक्षा गर्ने बेला नभएको बताउँदै उनले संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसकेका कारण जनताले अनुभूत गर्न नसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : २९ बजे

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ