२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलको ११ नम्बर वडाको मतगणना रोकियो, मतपेटिकाको एउटा सिल चुँडिएको भेटिएपछि एमालेबाट विरोध



बुटवल । बुटवलको ११ नबम्र वडाको मतगणना रोकिएको छ । वार्डनम्बर ११ को २ (च) मतदान केन्द्रको मतपेटिका खोल्ने क्रममा मतपेटिकाको एक तर्फको सिल चुँडेको अवस्थामा भेटिएपछि मतगणना स्थगित भएको हो ।

कपडाले बेरिएको मतपेसटकाको कपडाको गाँठो फुकाएर हेर्दा ४ तर्फ लगाईएको सिल मध्य १ तर्फको सिल चुँडिएर कपडामै अल्झिेको भेटिएपछि एमाले मतगणना प्रतिनिधिहरुले विरोध जनाएका छन् । एमलेको विरोध आएपछि सो वार्डको मतगणना रोकेर सर्वदलीय बैठक बोलाईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिल चुडिएको भए पनि सिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए । पौडेलले सिल चुडिदैँमा मत पत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरुलाई मिलेर आउन आग्रह गरिएको जानकारी दिए । बक्सा भित्र स्वस्तिक छाप भेटिएको हल्ला गलत भएको उनले बताए । ‘तीनवटा सिल दुरुस्त छन्। बक्सा खोलिएकै छैन, बक्सा भित्र कसरी स्वस्तिक छाप भेटिन्छ ?’ उनले भने । मत पेटिका खोल्ने क्रममा सिल चुडिएको भेटिए पछि अहिले मतगणना रोकिएको छ ।

बुटवलको वडा नम्बर ११ मतदाताको हिसावले सबै भन्दा ठुलो वडा हो । मतगणनामा पछि पर्दै गएको एमालेले ११ नम्बरको मतगणनाबाट आफ्नो मतको सुधार हुने अपेक्षा गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ५५ बजे

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा