२० बैशाख २०८३, आइतबार | May 3, 2026

गठबन्धन सफल भएको छ : शिक्षामन्त्री देवेन्द्र पौडेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका हुन् । पौडेलले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताए । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताए । उनले भने– ‘गठबन्धन सफल भयो । तपाई ढुक्क हुनुहोला गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमि, कमजोरीहरुलाई हामी सच्याउँछौ, समीक्षा गर्छौ । गठबन्धनकै कारणले उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ । त्यसो भएको हुँदाखेरी गठबन्धन असफल भन्न मिल्दैन ।’

मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताए । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, – ‘अहिलेको स्थिति अनुसार हामी गठबन्धन नै गरेर जान्छौँ । अहिले पनि जे विषयमा, जे उद्देश्य लिएर हामीले गठबन्धन गरेका थियौँ । संविधान, विधि, पद्धती, प्रणाली खतरामा छ भनेर गरेको हिजोको हाम्रो विश्लेषण अहिले पनि कायम रहेको हुँदा अब आउने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म हामी गठबन्धन गर्ने पक्षमा नै छौँ ।’

मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पारे । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उनको भनाइ छ । उनले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रह समेत गरे । उनले भने– ‘समीक्षा हामी गर्छौ । तर धेरै ठाउँमा भोट नहालेको भन्नेकुरा साँचो होइन । आंशिक रुपमा चाहीँ त्यस्तो देखिएको हामी पाउँछौँ । आंशिक रुपमा देखिएका ठाउँमा हामी गम्भिर समिक्षा गरेर आगामी दिनमा अब गठबन्धन गर्दाखेरी इमान्दारीतापूर्वक जो पक्षसँग गठबन्धन भएको छ त्यसको इमान्दारिता प्रस्तुत गर्नेगरी हामी छलफल गर्छौ र समिक्षा गर्छौ । गठबन्धन भनेको देशमा गम्भिर राजनीतिक संकट पैदा हुने स्थितिलाई रोक्नको निम्ति एउटा विश्वासको प्रकटीकरण पनि हो । त्यसकारणले एकीकृत समाजवादीलाई गठबन्धनमै रहेर सिमा, समस्या र कमी छन भनेदेखि सच्याउनको निम्ति अनुरोध गर्न चाहान्छौँ ।’

पौडेलले गठबन्धनका कमी, कमजोरीहरुलाई सच्याएर अगाडी बढने पनि बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : १८ बजे

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री