२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ



भैरहवा । रुपन्देहीका नवनिर्वाचित ८ पालिकाका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर सहित देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया र कञ्चन गाउँपालिकाका नवनिर्वाचित प्रमुखरअध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले पद तथा गोपनीयताको शपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका हुन ।

रहवामा आयोजित कार्यक्रमकामा महराले नवनिर्वाचित जनप्रतिनिधिहरू सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोधनका अध्यक्ष विष्णु प्रसाद बस्याल, ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादव, रोहिणीका अध्यक्ष विद्या प्रसाद यादव र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाललाई शपथ ग्रहण गराए ।

त्यस्तै पालिकाका निर्वाचित प्रमुखरअध्यक्षहरूले उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सद्भाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह निर्वाह गर्न आग्रह गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ३६ बजे

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि