८ बैशाख २०८१, शनिबार | April 20, 2024

चितवनमा हावाहुरीका कारण ढलेको रुखले च्यापेर ३ जनाको मृत्यु



चितवन । भरतपुरमा शुक्रबार बेलुकी आएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ।
शुक्रवार साँझ ७ बजेको समयमा आएको हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा ना २ ह २२४७ नम्बरको अटोलाई च्यापिँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटो चालक भरतपुर ११ लामाटोल बस्ने ५० वर्षिय प्रदिप कुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षिया माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। अटोमा सवार २० वर्षिया अबिता गुरुङ र ५० वर्षिया तुल मांया गुरुङ सामान्य घाईते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भरतपुर ११ मा बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई हावा हुरीको कारण ढलेको रुखले किच्दा उक्त म्याजिकमा सवार भरतपुर ११ बस्ने ४८ वर्षिय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको समेत जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी डीएसपी नरहरि अधिकारीले बताए ।

भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएकाे छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् । पाेल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पाेलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ ।

अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियाे । पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। नारायणी पुलमा हावाहुरीले ढलेको मालबहाक ट्रकलाई क्रेनको सहायताले उठाइएको छ।

हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रशारण अहिले बन्द छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ३३ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन